۞إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰٓ ءَادَمَ وَنُوحٗا وَءَالَ إِبۡرَٰهِيمَ وَءَالَ عِمۡرَٰنَ عَلَى ٱلۡعَٰلَمِينَ
النيبالية | Gorkhali
३३ अल्लाहले आदम (अलैहिस्सलाम) लाई रोज्नुभयो अनि फरिश्ताहरूलाई सज्दह गर्न लगाउनु भयो ।नूह (अलैहिस्सलाम) लाई रोज्नुभयो अनि धर्तीमा प्रथम रसूल बनाएर पठाउनु भयो । इब्राहीम(अलैहिस्सलाम) र उहाँका सन्तानहरूलाई रोज्नुभयो अनि उनीहरूको सन्ततिमा नबी–रसूल प्रशस्तैबनाउनु भयो । त्यसैगरी आले–इमरानलाई रोज्नुभयो । अल्लाहले उनीहरूलाई आफ्नो युगका सम्पूर्णमानवजातिमाथि श्रेष्ठता प्रदान गर्नुभयो ।
ذُرِّيَّةَۢ بَعۡضُهَا مِنۢ بَعۡضٖۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ
النيبالية | Gorkhali
३४ उपर्युक्त सन्देष्टा तथा उनीहरूलाई अनुसरण गर्ने सन्तानहरू निरन्तर तौहीद (एकेश्वरवाद) मा कायमरहे । एक–अर्काबाट उच्च आचरण र सत्कर्म सिके । अल्लाहले आफ्ना भक्तहरूका सम्पूर्ण कुराहरूसुन्नुहुन्छ र कर्महरू पनि राम्ररी जान्नुहुन्छ । उनीहरूमध्ये जसलाई चाहनुहुन्छ चयन गर्नुहुन्छ ।
إِذۡ قَالَتِ ٱمۡرَأَتُ عِمۡرَٰنَ رَبِّ إِنِّي نَذَرۡتُ لَكَ مَا فِي بَطۡنِي مُحَرَّرٗا فَتَقَبَّلۡ مِنِّيٓۖ إِنَّكَ أَنتَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
النيبالية | Gorkhali
३५ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस्, जब मर्यमकी आमा इम्रानकी श्रीमतीलेभनेकी थिइन्– हे मेरा पालनकर्ता ! मैले मेरो गर्भमा रहेको शिशुलाई सबै कार्यबाट मुक्त गरेर तपाईं रतपाईंको घरको सेवाको लागि अर्पण गरेकी छु । कृपया यसलाई स्वीकार गर्नुहोस् । निश्चय नै तपाईंमेरो दुआलाई सुन्नुहुन्छ र मेरो नीयतलाई जान्नुहुन्छ ।
فَلَمَّا وَضَعَتۡهَا قَالَتۡ رَبِّ إِنِّي وَضَعۡتُهَآ أُنثَىٰ وَٱللَّهُ أَعۡلَمُ بِمَا وَضَعَتۡ وَلَيۡسَ ٱلذَّكَرُ كَٱلۡأُنثَىٰۖ وَإِنِّيسَمَّيۡتُهَا مَرۡيَمَ وَإِنِّيٓ أُعِيذُهَا بِكَ وَذُرِّيَّتَهَا مِنَ ٱلشَّيۡطَٰنِ ٱلرَّجِيمِ
النيبالية | Gorkhali
३६ जब उनको गर्भको समय पुरा भयो र उनीकहाँ छोरीको जन्म भयो (यद्यपि उनलाई छोरा हुने आशाथियो) तब उनले माफी माग्दै भनिन्– हे मेरा पालनकर्ता ! मकहाँ त छोरीको जन्म पो भएछ ! नवआगन्तुकबारे अल्लाहलाई राम्ररी थाहा थियो । छोरी मान्छे बनोट र शक्तिमा छोरा जस्तो हुँदैन । मैलेउनको नाम मर्यम राखिदिएँ । उनलाई र उनका सन्तानहरूलाई तिरस्कृत शैतानबाट जोगाउन तपाईंकोशरण चाहन्छु ।
فَتَقَبَّلَهَا رَبُّهَا بِقَبُولٍ حَسَنٖ وَأَنۢبَتَهَا نَبَاتًا حَسَنٗا وَكَفَّلَهَا زَكَرِيَّاۖ كُلَّمَا دَخَلَ عَلَيۡهَا زَكَرِيَّا ٱلۡمِحۡرَابَ وَجَدَعِندَهَا رِزۡقٗاۖ قَالَ يَٰمَرۡيَمُ أَنَّىٰ لَكِ هَٰذَاۖ قَالَتۡ هُوَ مِنۡ عِندِ ٱللَّهِۖ إِنَّ ٱللَّهَ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٍ
النيبالية | Gorkhali
३७ अल्लाहले उनको भाकललाई खुसी–खुसी स्वीकार गर्नुभयो र उनलाई राम्ररी हुर्काउनु भयो ।सत्कर्मीहरूको हृदयलाई उनीतर्फ आकर्षित गर्नुभयो । जकरिय्या (अलैहिस्सलाम) लाई उनकाअभिभावक बनाउनु भयो । जब–जब जकरिय्या (अलैहिस्सलाम) उनले इबादत गर्ने ठाउँमा प्रवेश गर्ने गर्थेतब–तब उनी समक्ष राम्रो खाने कुरा पाउँथे । जकरिय्या (अलैहस्सलाम) ले सोधे– हे मर्यम ! यो तिम्रोलागि कहाँबाट आउँछ ? उनले जवाफमा भनिन्– यो अल्लाहको तर्फबाट हो । निश्चय नै उहाँले जसलाईचाहनुहुन्छ अनगिन्ती खाने कुराहरू प्रदान गर्नुहुन्छ ।
وَإِذۡ قَالَتِ ٱلۡمَلَـٰٓئِكَةُ يَٰمَرۡيَمُ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰكِ وَطَهَّرَكِ وَٱصۡطَفَىٰكِ عَلَىٰ نِسَآءِ ٱلۡعَٰلَمِينَ
النيبالية | Gorkhali
४२ हे रसूल ! याद गर्नुहोस्, जब फरिश्ताले भने– हे मर्यम ! निश्चय नै तपाईंभित्र राम्रा गुणहरू रहेकालेअल्लाहले चयन गर्नुभएको छ । कमी–कमजोरीबाट पवित्र गर्नुभएको छ र तपाईंको युगमा रहेकामहिलाहरूमध्ये तपाईंलाई छान्नु भएको छ ।
يَٰمَرۡيَمُ ٱقۡنُتِي لِرَبِّكِ وَٱسۡجُدِي وَٱرۡكَعِي مَعَ ٱلرَّـٰكِعِينَ
النيبالية | Gorkhali
४३ हे मर्यम ! नमाज पढ्दा लामो कयाम गर, आफ्ना पालन कर्ताको लागि सज्दा (ढोग) गर र रूकू गर्नेसत्कर्मीहरूसँग रूकू गर ।
ذَٰلِكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهِ إِلَيۡكَۚ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ يُلۡقُونَ أَقۡلَٰمَهُمۡ أَيُّهُمۡ يَكۡفُلُ مَرۡيَمَ وَمَا كُنتَلَدَيۡهِمۡ إِذۡ يَخۡتَصِمُونَ
النيبالية | Gorkhali
४४ हे रसूल ! उपर्युक्त जकरिय्या तथा मर्यम (अलैहिमुस्साम) का सूचना गैब (अदृश्य) कासूचनाहरूमध्येका हुन् जुन हामी वही (प्रकाशना) द्वारा तपाईंलाई बताउँदैछौं । मर्यम (अलैहस्सलाम) कोसरंक्षक को हुनेछ भन्ने कुरामा धर्मगुरु तथा सत्कर्मीहरूले झगडा गरेका थिए त्यतिखेर तपाईं त्यहाँहुनुहुन्नथ्यो र उनीहरूले गोलाप्रथा द्वारा चिठ्ठा निकाले अनि जकरिय्या (अलैहिस्सलाम) लाई चिठ्ठा पर्यो ।
إِذۡ قَالَتِ ٱلۡمَلَـٰٓئِكَةُ يَٰمَرۡيَمُ إِنَّ ٱللَّهَ يُبَشِّرُكِ بِكَلِمَةٖ مِّنۡهُ ٱسۡمُهُ ٱلۡمَسِيحُ عِيسَى ٱبۡنُ مَرۡيَمَ وَجِيهٗا فِيٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمِنَ ٱلۡمُقَرَّبِينَ
النيبالية | Gorkhali
४५ हे रसूल ! स्मरण गर्नुहोस्, जब फरिश्ताहरूले भने्– हे मर्यम ! अल्लाहले तपाईंलाई एउटा यस्तोछोराको शुभसूचना दिनुहुन्छ जो बिना पिता जन्म लिनेछ । अल्लाहले भन्नुहुनेछ भइहाल, अनि उहाँकोअनुमतिले छोरा भइहाल्छ । जसको नाम मसीह मर्यम–पुत्र ईसा हुनेछ । लोक एवं परलोक दुवैमा उनकोलागि उच्च स्थान हुनेछ । अल्लाहको एकदमै निकटतम भक्तहरूमध्ये हुनेछन् ।
وَيُكَلِّمُ ٱلنَّاسَ فِي ٱلۡمَهۡدِ وَكَهۡلٗا وَمِنَ ٱلصَّـٰلِحِينَ
النيبالية | Gorkhali
४६ उनी नवजात शिशुकै अवस्थामा मानिसहरूसँग कुरा गर्नेछन् । त्यसैगरी परिपक्व भएपछिमानिसहरूलाई धर्म तथा सत्कर्मको उपदेश दिनेछन् । उनी आफ्नो कर्म तथा भनाइमा सत्यवादी हुनेछन् ।
قَالَتۡ رَبِّ أَنَّىٰ يَكُونُ لِي وَلَدٞ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٞۖ قَالَ كَذَٰلِكِ ٱللَّهُ يَخۡلُقُ مَا يَشَآءُۚ إِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَايَقُولُ لَهُۥ كُن فَيَكُونُ
النيبالية | Gorkhali
४७ मर्यमले बिना श्रीमान पुत्र पाउने समाचार सुनेर आश्चर्य चकित भएर सोधिन्– मकहाँ कसरी पुत्रहुनसक्छ, जबकि मलाई कुनै पुरुषले छोएको छैन, न त जायज तरिकाले न नाजायज तरिकाले नै ?! फरिश्ताले उत्तर दिए– अल्लाह जे चाहनुहुन्छ गर्नुहुन्छ । उहाँ प्रचलित र सामान्य तरिका विपरीत तिमीलाईछोरा प्रदान गर्नुहुन्छ । उहाँ कुनै कुराको निर्णय गर्दा भइहाल (कुन्) भन्नुहुन्छ अनि त्यो हुन पुग्छ ।उहाँलाई कसैले पनि विवश पार्न सक्दैन ।
وَيُعَلِّمُهُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ
النيبالية | Gorkhali
४८ अल्लाहले ईसालाई लेख्न, पढ्न, कुरा तथा कर्म गर्ने शक्ति तथा दृढता प्रदान गर्नुहुनेछ । उनलेसन्देष्टा मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरात तथा स्वयम् ईसा (अलैहिस्सलाम) माथि भविष्यमाअवतरित हुने इन्जीलको शिक्षा दिनेछन् ।
