وَبِكُفۡرِهِمۡ وَقَوۡلِهِمۡ عَلَىٰ مَرۡيَمَ بُهۡتَٰنًا عَظِيمٗا
النيبالية | Gorkhali
१५६ त्यसैगरी तिनीहरूले कुफ्र गरे तथा मर्यममाथि व्यभिचारको झूटो आरोप लगाएकोले हामीलेतिनीहरूलाई कृपाबाट टाढा गर्यौं ।
يَـٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لَا تَغۡلُواْ فِي دِينِكُمۡ وَلَا تَقُولُواْ عَلَى ٱللَّهِ إِلَّا ٱلۡحَقَّۚ إِنَّمَا ٱلۡمَسِيحُ عِيسَى ٱبۡنُ مَرۡيَمَ رَسُولُٱللَّهِ وَكَلِمَتُهُۥٓ أَلۡقَىٰهَآ إِلَىٰ مَرۡيَمَ وَرُوحٞ مِّنۡهُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۖ وَلَا تَقُولُواْ ثَلَٰثَةٌۚ ٱنتَهُواْ خَيۡرٗا لَّكُمۡۚ إِنَّمَاٱللَّهُ إِلَٰهٞ وَٰحِدٞۖ سُبۡحَٰنَهُۥٓ أَن يَكُونَ لَهُۥ وَلَدٞۘ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا
النيبالية | Gorkhali
१७१ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! इन्जील बोकेका ईसाईहरूलाई भन्नुहोस्– धर्मकोमामिलामा सीमा उल्लङ्घन नगर । अल्लाहको बारेमा ईसा (अलैहिस्सलाम) को मामिलामा नितान्त सत्यबाहेक केही नभन । मर्यमका पुत्र ईसा मसीह (अलैहिस्सलाम) केवल अल्लाहका रसूल (सन्देश वाहक)हुन्, जसलाई उहाँले सत्यका साथ पठाउनु भयो । उनलाई अल्लाहले आफ्नो वाणी (आदेश) द्वारा सृष्टिगर्नुभयो । जसलाई उहाँले जिब्रीलको माध्यमबाट मर्यमतर्फ पठाउनुभयो । यो वाणी हो– भइहाल, अनिउनी भइहाले । उनी अल्लाहको तर्फबाट एउटा फुँक थिए, जो अल्लाहको आदेशअनुसार जिब्रीलले फुँके। अतः अल्लाह एवं उहाँका सबै रसूलहरूमाथि भेदभाव न गरिकन ईमान ल्याऊ । अल्लाह तीनवटा छन्नभन; यस झूटो तथा निराधार कुरालाई त्याग । तिमीहरूका लागि लोक र परलोकमा यही राम्रो हुनेछ ।अल्लाह नै एक मात्र पूज्य हुनुहुन्छ । उहाँको नत कोही साझेदार छ, न कोही छोरा छ । उहाँ सुसम्पन्नहुनुहुन्छ । जेजति आकाशहरू, धर्ती तथा यी दुवै बीचमा छन्; ती सबैका पालनकर्ता उहाँ मात्र हुनुहुन्छ ।आकाशहरू तथा धर्तीका व्यवस्था चलाउन अल्लाह नै पर्याप्त हुनुहुन्छ ।
