لَّقَدۡ كَفَرَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ هُوَ ٱلۡمَسِيحُ ٱبۡنُ مَرۡيَمَۚ قُلۡ فَمَن يَمۡلِكُ مِنَ ٱللَّهِ شَيۡـًٔا إِنۡ أَرَادَ أَن يُهۡلِكَٱلۡمَسِيحَ ٱبۡنَ مَرۡيَمَ وَأُمَّهُۥ وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعٗاۗ وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۚ يَخۡلُقُ مَايَشَآءُۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
النيبالية | Gorkhali
१७ निस्सन्देह ईसाईहरूमध्ये ती मानसहरूले कुफ्र गरे जसले भने– मर्यमका पुत्र ईसा मसीह नै अल्लाहहुन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यदि अल्लाहले मर्यम पुत्र ईसा मसीह, उनकी आमा मर्यम तथा धर्तीका सम्पूर्ण चिजलाई विनाश गर्न चाहेमा कसले अल्लाहलाई यसबाट रोक्नेसामर्थ्य राख्छ त ?! यदि कोही अल्लाहलाई यसो गर्नबाट रोक्न सक्दैन भने यो यस कुराको प्रमाण हो किअल्लाह बाहेक कोही सत्य पूज्य परमेश्वर छैन । मर्यमका पुत्र ईसा मसीह, उनकी आमा मर्यम लगायतसबै चीजहरू अल्लाह कै सृष्टि हुन् । आकाशहरू, पृथ्वी तथा यी दुवैबीच रहेका सबै कुराहरूकापालनकर्ता अल्लाह नै हुनुहुन्छ । जे चाहनुहुन्छ सृष्टि गर्नुहुन्छ र ईसा (अलैहिस्सलाम) लाई जसरीचाहनुभयो सृष्टि गर्नुभयो । उनी अल्लाहका भक्त तथा रसूल (सन्देश वाहक) हुन् । अल्लाहले सम्पूर्णकार्यको सामर्थ्य राख्नुहुन्छ ।
مَّا ٱلۡمَسِيحُ ٱبۡنُ مَرۡيَمَ إِلَّا رَسُولٞ قَدۡ خَلَتۡ مِن قَبۡلِهِ ٱلرُّسُلُ وَأُمُّهُۥ صِدِّيقَةٞۖ كَانَا يَأۡكُلَانِ ٱلطَّعَامَۗ ٱنظُرۡكَيۡفَ نُبَيِّنُ لَهُمُ ٱلۡأٓيَٰتِ ثُمَّ ٱنظُرۡ أَنَّىٰ يُؤۡفَكُونَ
النيبالية | Gorkhali
७५ मर्यम पुत्र ईसा मसीह त रसूलहरूमध्ये एकजना रसूल मात्र थिए । जसरी अरूको मृत्यु भयो उनकोपनि मृत्यु हुनेछ । उनकी आमा मर्यम एक जना सच्चा नारी थिइन् र ती दुवै जना आवश्यकता अनुसारभोजन गर्ने गर्थे । भोजनको आवश्यकता भएका यी दुई जना कसरी ईश्वर हुन सक्छन् ?! हे रसूल(सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, हामी कसरी यिनीहरू समक्ष आफ्ना यस्ता आयतहरूवर्णन गर्दैछौँ; जो एकेश्वरवादलाई प्रमाणित गर्छन् र ईसा तथा मर्यमलाई ईश्वर बनाउने धारणाको खण्डनगर्दछन् तर यिनीहरू यस्ता आयतहरूलाई इन्कार गर्दछन् ! अझै विचार गर्नुहोस् यिनीहरू कसरी सत्यबाटविमुख हुँदैछन् जबकि यिनीहरू समक्ष यस्ता आयतहरू आइसकेका छन्, जसले प्रमाणित गर्छन् किअल्लाह एक मात्र हुनुहुन्छ ।
إِذۡ قَالَ ٱللَّهُ يَٰعِيسَى ٱبۡنَ مَرۡيَمَ ٱذۡكُرۡ نِعۡمَتِي عَلَيۡكَ وَعَلَىٰ وَٰلِدَتِكَ إِذۡ أَيَّدتُّكَ بِرُوحِ ٱلۡقُدُسِ تُكَلِّمُ ٱلنَّاسَفِي ٱلۡمَهۡدِ وَكَهۡلٗاۖ وَإِذۡ عَلَّمۡتُكَ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَۖ وَإِذۡ تَخۡلُقُ مِنَ ٱلطِّينِ كَهَيۡـَٔةِ ٱلطَّيۡرِبِإِذۡنِي فَتَنفُخُ فِيهَا فَتَكُونُ طَيۡرَۢا بِإِذۡنِيۖ وَتُبۡرِئُ ٱلۡأَكۡمَهَ وَٱلۡأَبۡرَصَ بِإِذۡنِيۖ وَإِذۡ تُخۡرِجُ ٱلۡمَوۡتَىٰ بِإِذۡنِيۖ وَإِذۡكَفَفۡتُ بَنِيٓ إِسۡرَـٰٓءِيلَ عَنكَ إِذۡ جِئۡتَهُم بِٱلۡبَيِّنَٰتِ فَقَالَ ٱلَّذِينَ كَفَرُواْ مِنۡهُمۡ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ
النيبالية | Gorkhali
११० स्मरण गर, जब अल्लाहले ईसा (अलैहिस्सलाम) लाई सम्बोधन गरेर भन्नुभयो– हे मर्यम पुत्र ईसा ! मैले तिमीमाथि गरेको कृपाहरूलाई याद गर; मैले तिमीलाई बिना पिता सृष्टि गरें । तिम्रो आमा मर्यम(अलैहिस्सलाम) माथि गरेको कृपालाई याद गर; मैले उनलाई उनको युगका महिलाहरूमध्ये चयन गरें ।मैले तिमीलाई जिब्रील (अलैहिस्सलाम) द्वारा सशक्त बनाएँ । तिमी शिशु अर्थात आमाको दूध खानेउमेरमा पनि मानिसहरूलाई अल्लाहतर्फ बोलाउँदै उनीहरूसँग कुराकानी गर्दथ्यौ र ठूलो उमेरमा पनि ।मैले तिमीलाई लेख्न तथा मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरात र तिमीमाथि अवतरित इन्जीलपढ्न सिकाएँ । त्यसैगरी तिमीलाई इस्लामी कानुनका रहस्य, फाइदा तथा तत्वदर्शिता सिकाएँ । तिमीमाटोले पंक्षीको आकृति बनाएर त्यसमा फुक्थ्यौ अनि त्यो साँच्चिकै पंक्षी बन्थ्यो । त्यसैगरी तिमीजन्मजात अन्धो एवं कुष्ठरोगीहरूलाई निको पार्थ्यौ । जन्मजात अन्धो देख्न थाल्थ्यो र कुष्ठरोगीकोछाला निको हुने गर्थ्यो । मृतहरूलाई जीवित पार्न अल्लाहसँग दुआ गर्थ्यौ अनि जीवित पार्थ्यौ । तिमी यीसबै कार्य अल्लाहको अनुमतिबाट गर्थ्यौ । तिमी स्पष्ट चमत्कारहरू लिएर बनी इस्राईल समक्ष पुग्यौ तबतिनीहरूले तिमीलाई हत्या गर्न खोजे तर मैले नै तिमीलाई तिनीहरूबाट बचाएँ । तिनीहरूले तिम्रोचमत्कारलाई इन्कार गरे र भने– यो त स्पष्ट जादू हो ।
وَإِذۡ قَالَ ٱللَّهُ يَٰعِيسَى ٱبۡنَ مَرۡيَمَ ءَأَنتَ قُلۡتَ لِلنَّاسِ ٱتَّخِذُونِي وَأُمِّيَ إِلَٰهَيۡنِ مِن دُونِ ٱللَّهِۖ قَالَ سُبۡحَٰنَكَمَا يَكُونُ لِيٓ أَنۡ أَقُولَ مَا لَيۡسَ لِي بِحَقٍّۚ إِن كُنتُ قُلۡتُهُۥ فَقَدۡ عَلِمۡتَهُۥۚ تَعۡلَمُ مَا فِي نَفۡسِي وَلَآ أَعۡلَمُ مَا فِينَفۡسِكَۚ إِنَّكَ أَنتَ عَلَّـٰمُ ٱلۡغُيُوبِ
النيبالية | Gorkhali
११६ याद गर, जब महाप्रलयको दिन अल्लाहले मर्यम पुत्र ईसा (अलैहिस्सलाम) लाई सम्बोधन गरेरभन्नुहुनेछ– हे मर्यम पुत्र ईसा ! के तिमीले मानिसहरूलाई अल्लाहलाई छोडेर मलाई र मेरी आमालाईईश्वर बनाउनु भनेका थियौ ? ईसा (अलैहिस्सलाम) ले यस कुराको खण्डन गर्दै भन्नुहुनेछ– सत्य कुराबाहेक अरू केही भन्नु मेरो लागि उचित छैन । मैले त्यसो भनेको भए तपाईंलाई थाहा हुने थियो किनभनेतपाईंबाट केही पनि लुकेको छैन । मेरो मनमा भएको कुरा तपाईंलाई थाहा छ तर तपाईंको मनमा रहेकोकुरा मलाई थाहा छैन । निस्सन्देह तपाईं मात्र दृश्य, गोप्य तथा अदृश्यका महान ज्ञाता हुनुहुन्छ ।
