وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مَرۡيَمَ إِذِ ٱنتَبَذَتۡ مِنۡ أَهۡلِهَا مَكَانٗا شَرۡقِيّٗا
النيبالية | Gorkhali
१६ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुर्आनमा उल्लेखित मर्यम (अलैहस्सलाम) को कथा यादगर्नुहोस् । उनी आफ्ना परिवारबाट टाढिएर पूर्वतिर एउटा ठाउँमा गइन् ।
فَٱتَّخَذَتۡ مِن دُونِهِمۡ حِجَابٗا فَأَرۡسَلۡنَآ إِلَيۡهَا رُوحَنَا فَتَمَثَّلَ لَهَا بَشَرٗا سَوِيّٗا
النيبالية | Gorkhali
१७ उनी आफ्ना समुदायबाट पर्दा गरेर आफ्ना पालनकर्ताको उपासना गर्न थालिन् । अनि हामीले जिब्रील(अलैहिस्सलाम) लाई मानवको रूपमा उनको पासमा पठायौं । पुरुषलाई देखेपछि गलत इरादाले आएकहुन् कि भनेर उनी डराइन् ।
قَالَتۡ إِنِّيٓ أَعُوذُ بِٱلرَّحۡمَٰنِ مِنكَ إِن كُنتَ تَقِيّٗا
النيبالية | Gorkhali
१८ मर्यम (अलैहिस्सलाम) ले मानव रूपमा जिब्रील (अलैहिस्सलाम) लाई आफूतिर आएको देखेर भनिन्– म तपाईंबाट करूणामय अल्लाहको शरण चाहन्छु । यदि तपाईं अल्लाहसँग डराउनुहुन्छ भने मलाई केहीपनि नगर्नुहोस् ।
قَالَ إِنَّمَآ أَنَا۠ رَسُولُ رَبِّكِ لِأَهَبَ لَكِ غُلَٰمٗا زَكِيّٗا
النيبالية | Gorkhali
१९ जिब्रील (अलैहिस्सलाम) ले जवाफ दिएः म मानव होइन, बरु म त तपाईंको पालनकर्ताकोसन्देशबाहक हुँ । उहाँले मलाई तपाईंलाई पवित्र पुत्रको शुभसूचना दिनका लागि पठाउनुभएको छ ।
قَالَتۡ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٞ وَلَمۡ أَكُ بَغِيّٗا
النيبالية | Gorkhali
२० मर्यम (अलैहस्सलाम) ले आश्चर्यचकित हुँदै सोधिन्– म पुत्र कसरी जन्माउन सक्छु, वास्तवमा मेरोलोग्ने पनि छैन र म व्यभिचारी पनि होइन ।
قَالَ كَذَٰلِكِ قَالَ رَبُّكِ هُوَ عَلَيَّ هَيِّنٞۖ وَلِنَجۡعَلَهُۥٓ ءَايَةٗ لِّلنَّاسِ وَرَحۡمَةٗ مِّنَّاۚ وَكَانَ أَمۡرٗا مَّقۡضِيّٗا
النيبالية | Gorkhali
२१ जिब्रील (अलैहिस्सलाम) ले उनलाई भनेः तपाईंले भन्नुभएको कुरा ठीक हो तर तपाईंका पालनकर्तालेभन्नुभएको छः पिताबिना पुत्रको सृष्टि गर्नु मेरो निम्ति सहज रहेको छ । तपाईंलाई दिइने पुत्र तपाईंकोपालनकर्ताको महानता र सामर्थ्यको निशानी हुनेछ । तपाईं र त्यसमाथि आस्था राख्नेहरूका लागि हाम्रोदया हुनेछ । तपाईंको पुत्रको जन्म अल्लाहको दृढ अठोट हो जुन सुरक्षित पाटी (लौहे महफूज) मालेखिएको छ ।
۞فَحَمَلَتۡهُ فَٱنتَبَذَتۡ بِهِۦ مَكَانٗا قَصِيّٗا
النيبالية | Gorkhali
२२ फरिश्ताले फुकेपछि उनले गर्भ धारण गरिन् र त्यस गर्भलाई लिएर उनी मानिसहरूबाट टाढा गइन् ।
فَأَجَآءَهَا ٱلۡمَخَاضُ إِلَىٰ جِذۡعِ ٱلنَّخۡلَةِ قَالَتۡ يَٰلَيۡتَنِي مِتُّ قَبۡلَ هَٰذَا وَكُنتُ نَسۡيٗا مَّنسِيّٗا
النيبالية | Gorkhali
२३ त्यसपछि सुत्केरी व्यथाले उनलाई खजुरको बोटको हाँगामुनि पुर्यायो । मर्यम (अलैहस्सलाम) लेभनिन्– हाय ! म यसअघि नै मरेको भए मलाई मान्छेहरूले बिर्सिसकेका हुन्थे अनि मेरो बारेमा गलतसोच्ने पनि थिएनन् ।
فَنَادَىٰهَا مِن تَحۡتِهَآ أَلَّا تَحۡزَنِي قَدۡ جَعَلَ رَبُّكِ تَحۡتَكِ سَرِيّٗا
النيبالية | Gorkhali
२४ ईसा (अलैहिस्सलाम) ले उनका खुट्टाको तलतिरबाट पुकारेर भनेः तपाईं दुःखित नहुनुहोस् । तपाईंकोपालनकर्ताले तपाईंको तलतिर पानीको मूल बनाउनु भएको छ, तसर्थ तपाईं पानी पिउनुहोस् ।
وَهُزِّيٓ إِلَيۡكِ بِجِذۡعِ ٱلنَّخۡلَةِ تُسَٰقِطۡ عَلَيۡكِ رُطَبٗا جَنِيّٗا
النيبالية | Gorkhali
२५ खजुरको रूखलाई राम्ररी समातेर हल्लाउनुहोस् । तपाईंमाथि ताजा र रसीला खजुरहरू खस्नेछन् रत्यसलाई टिप्नुहोस् ।
فَكُلِي وَٱشۡرَبِي وَقَرِّي عَيۡنٗاۖ فَإِمَّا تَرَيِنَّ مِنَ ٱلۡبَشَرِ أَحَدٗا فَقُولِيٓ إِنِّي نَذَرۡتُ لِلرَّحۡمَٰنِ صَوۡمٗا فَلَنۡ أُكَلِّمَٱلۡيَوۡمَ إِنسِيّٗا
النيبالية | Gorkhali
२६ ताजा खजुरहरू खाऊ, पानी पिऊ, आफ्नो बच्चाप्रति सन्तुष्ट होऊ र चिन्तित नहोऊ । यदि तिमीलेकसैलाई देख्यौ र उसले तिम्रो बच्चाको बारेमा सोध्यो भने भनः मैले मेरा पालनकर्ताका लागि मौन व्रत(रोजा) बसेकी छु । तसर्थ मैले आज कसैसँग गर्दिन ।
فَأَتَتۡ بِهِۦ قَوۡمَهَا تَحۡمِلُهُۥۖ قَالُواْ يَٰمَرۡيَمُ لَقَدۡ جِئۡتِ شَيۡـٔٗا فَرِيّٗا
النيبالية | Gorkhali
२७ मर्यम (अलैहस्सलाम) आफ्नो छोरालाई लिएर आफ्नो समुदायमा आइन् त उनको समुदायकामानिसहरूले भने: हे मर्यम ! तिमीले साह्रै घिनलाग्दो काम गर्यौ । तिमीले बुबाबिना नै बच्चा जन्माएकी छौ?!
يَـٰٓأُخۡتَ هَٰرُونَ مَا كَانَ أَبُوكِ ٱمۡرَأَ سَوۡءٖ وَمَا كَانَتۡ أُمُّكِ بَغِيّٗا
النيبالية | Gorkhali
२८ तिमी भक्तिमा हारून जस्ती छौ (उनी एक धार्मिक व्यक्ति थिए), नत तिम्रो बुबा व्यभिचारी थिए, नतिम्री आमा व्यभिचारिणी थिइन् । तिमी इज्जतदार घरकी छोरी हौ । अनि तिमीले कसरी बुबाबिना बच्चाजन्माउन सक्छ्यौ ?!
فَأَشَارَتۡ إِلَيۡهِۖ قَالُواْ كَيۡفَ نُكَلِّمُ مَن كَانَ فِي ٱلۡمَهۡدِ صَبِيّٗا
النيبالية | Gorkhali
२९ उनले आफ्नो काखमा भएको नवजात शिशु ईसा (अलैहिस्सलाम) तिर इसारा गरिन् । उनकोसमुदायले आश्चर्यचकित भएर भन्योः हामी कसरी नवजात शिशुसँग कुरा गर्न सक्छौं ?
قَالَ إِنِّي عَبۡدُ ٱللَّهِ ءَاتَىٰنِيَ ٱلۡكِتَٰبَ وَجَعَلَنِي نَبِيّٗا
النيبالية | Gorkhali
३० ईसा (अलैहिस्सलाम) ले भनेः म अल्लाहको भक्त हुँ । उहाँले मलाई इन्जील दिनुभएको छ र नबीबनाउनुभएको छ ।
وَجَعَلَنِي مُبَارَكًا أَيۡنَ مَا كُنتُ وَأَوۡصَٰنِي بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ مَا دُمۡتُ حَيّٗا
النيبالية | Gorkhali
३१ म जहाँ भए पनि उहाँले मलाई मानिसहरूका लागि लाभदायक बनाउनुभएको छ । उहाँले मलाईजीवनभरि नमाज पढ्ने र जकात दिने आदेश दिनुभएको छ ।
وَبَرَّۢا بِوَٰلِدَتِي وَلَمۡ يَجۡعَلۡنِي جَبَّارٗا شَقِيّٗا
النيبالية | Gorkhali
३२ उहाँले मलाई मेरी आमाका लागि दयालु बनाउनुभएको छ, घमण्डी र अवज्ञाकारी बनाउनुभएको छैन ।
وَٱلسَّلَٰمُ عَلَيَّ يَوۡمَ وُلِدتُّ وَيَوۡمَ أَمُوتُ وَيَوۡمَ أُبۡعَثُ حَيّٗا
النيبالية | Gorkhali
३३ जुन दिन म जन्मिएको थिएँ, अनि जुन दिन म मर्नेछु र जुन दिन मलाई कयामतको दिन पुनर्जीवित गरेरउठाइनेछ उहाँले मलाई शैतान र उसका सहयोगीहरूबाट सुरक्षा प्रदान गर्नुहुनेछ । यी तीन डरलाग्दापरिस्थितिहरूमा शैतानले मलाई कष्ट दिन सक्ने छैन ।
ذَٰلِكَ عِيسَى ٱبۡنُ مَرۡيَمَۖ قَوۡلَ ٱلۡحَقِّ ٱلَّذِي فِيهِ يَمۡتَرُونَ
النيبالية | Gorkhali
३४ यी गुणहरूका पात्र मर्यम–पुत्र ईसा हुन् । यो नै सत्य कुरा हो । उनको विषयमा शङ्कामा रहने र बिनाप्रमाण बहस गर्नेहरूको कुरा सत्य होइनन् ।
مَا كَانَ لِلَّهِ أَن يَتَّخِذَ مِن وَلَدٖۖ سُبۡحَٰنَهُۥٓۚ إِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ
النيبالية | Gorkhali
३५ अल्लाहलाई सन्तानको आवश्यकता छ भन्नु उपयुक्त छैन । उहाँ हरेक किसिमकोकमी–कमजोरीबाट पवित्र हुनुहुन्छ । जब उहाँ केही गर्न चाहनुहुन्छ, उहाँलाई होऊ भन्नुभयो भनेपुगिहाल्छ, त्यसपछि त्यो पक्कै हुन्छ । जो यति महान् हुनुहुन्छ उहाँलाई सन्तानको के आवश्यकता ? ।
